दशैं शुरुः हनुमानढोकाको दशैँघरमा विधि अनुसार राखियो जमरा
काठमाडौं । नेपालीहरूको महान् चाड वडादशैँ आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने वडादशैँको आज पहिलो दिन हो ।
यसै बीच परम्परानुसार आज काठमाडौंको हनुमानढोका दरबारमा रहेको दशैँघरमा वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गादेवीको पूजा आराधना सुरु भएको छ । सो शुभसाइतमा नेपाली गुरुजु पल्टनले बाजागाजा बजाउँदै तोप पड्काएको थियो।
पहिलो दिन आज घरघरमा घटस्थापना गरी दियो, कलश र गणेश स्थापना गरेर वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गा देवीको आह्वान गरी पूजा आरम्भ गरिन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ ।
आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
वडादशैँ हनुमानढोका