विदेश

विमानस्थलमा प्रहरीहरूलाई कम हास्न निर्देशन

विमानस्थलमा प्रहरीहरूलाई कम हास्न निर्देशन

एजेन्सी । भारतका विमानस्थलमा खटिने प्रहरीहरूलाई कम हास्न निर्देशन दिइएको छ । प्रहरीले धेरै मुस्कुराउँदा वा हास्दा सुरक्षा फितलो भएको सन्देश जाने र आतंकवादी आक्रमणको जोखिम बढ्ने चिन्ताका कारण यो निर्देशन आएको हो । 

 

हवाई सुरक्षाको जिम्मेवारी लिएको सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्सले आफ्ना कर्मचारीहरू ‘मित्रवत भन्दा पनि चनाखो’ हुनुपर्ने इच्छा राखेको छ । यो निर्देशनपछि ‘बत्तीसै दन्त देखाएर हास्ने प्रणाली’ बाट ‘ठिक्क हास्ने प्रणाली’ मा जाने दी इन्डियन एक्सप्रेस पत्रिकाले जनाएको छ । 

 

अत्यधिक मित्रवत्ताले विमानस्थललाई आतंकवादी आक्रमणको जोखिममा पर्ने अधिकारीहरूको विश्वास छ । भारतमा प्रहरीलाई व्यवहार परिवर्तन गर्न घरिघरि निर्देशन आइरहेको हुन्छ ।

 

कर्नाटक प्रहरीले अधिकारीहरूलाई तौल घटाउन निर्देशन दिएको थियो भने मध्य प्रदेश प्रहरीले जुँगा पाल्न लगाएको थियो । जुँगा पाल्दा उनीहरूले थप सम्मान पाउने विश्वास गरिएको छ । 

 

यसको विपरीत नेपाल प्रहरीले सन् २०१४ मा प्रहरी अधिकारीलाई थप मैत्रीपूर्ण बनाउनका लागि ६ सय जना तालिमकर्ता नियुक्त गरेको थियो ।
 

भारतका विमानस्थल प्रहरीहरूलाई कम हास्न निर्देशन

विशेष