शेयर

साेमबार पनि सेयर बजार दोहोरो अंकले घट्यो

साेमबार पनि सेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौं । धितोपत्र बजारमा पनि शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार १८.०४ बिन्दुले घटेर एक हजार २३८.६७ पुगेको छ । 

 

 

आइतबार जस्तै साेमबार पनि बजार दोहोरो मूल्यले ओरालो लागेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ४.२९ बिन्दुले घटेर २६२.८० बिन्दुमा पुगेको छ । 

 

 

कारोबार रकममा समेत आज गिरावट आएको स्टकले जनाएको छ । कूल १६५ कम्पनीको १७ लाख ६१ हजार ८१७ कित्ता शेयर ५३ करोड ९६ लाख तीन हजार ९३५ मूल्यमा खरीद बिक्री भएको हो । 

 

 


उत्पादन उपसमूहको शेयर मूल्यमा वृद्धि भएपनि अन्य शेयर मूल्य भने ओरालो लागेको छ । उत्पादन समूह २६.८ बिन्दुले बढ्दा आज व्यापार समूहको भने कुनै पनि शेयर कारोबार भएन । 

 

 

बैंकिङ १९.८५, होटल १८.६, विकास बैंक २९.७३, जलविद्युत् ८.९१, वित्त १.५९, निर्जीवन बीमा ७१‍.७३, अन्य ६.४, माइक्रोफाइनान्स १८.७२ र जीवन बीमा ७८.५६ बिन्दुले घटेको छ । 

नेपाल स्टक एक्सचेञ्ज धितोपत्र बजार

विशेष