News प्रदेश ७

मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु

कैलाली । जिल्लाकाे गोदावरी नगरपालिका-१ वन खेत नजिकै बस र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार २ जनाकाे मृत्यु भएकाे छ ।

 

 


क्षेत्रीय ट्राफिक कार्यालय अत्तरियाका अनुसार मृत्यु हुनेमा वडा नम्बर ६ का २८ वर्षीय हेमन्त साउँद र सोही ठाउँका वर्ष २६ का विक्रम खडका रहेका छन् । 

 

 

टीकापुरबाट अत्तरियातर्फ आउँदै गरेको ना ५ ख ८०४९ र विपरीत दिशाबाट गुडिरहेको से ५ प ७५३६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा उनीहरुकाे मृत्यु भएकाे हाे । 

 

मृतक दुवै जनाको अत्तरिया स्थित पद्मा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भारतको बरेली रेफर गरिएको थियाे । तर, उनीहरुकाे बनबासा नपुग्दै मृत्यु भएकाे प्रहरी जनाएकाे छ । बस र बस चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।

कैलाली मोटरसाइकल दुर्घटना

विशेष