याे वर्षको चिकित्सा नोबेल पुरस्कार एलिसन र होन्जोलाई
काठमाडौं । यस वर्षको चिकित्सा तर्फको नोबल पुरस्कार अमेरिकी नागरिक जेम्स एलिसन र जापानी नागरिक तासुकु होन्जोले पाएका छन् ।
नोबेल पुरस्कार कमिटिले सार्वजनिक गरेको सूचना अनुसार दुबैलाई क्यान्सर रोगको उपचारमा सघन अनुसन्धान गरेर नयाँ धारणा पत्ता लगाएवापत नोबल पुरस्कार दिइएको हो ।
कमिटिका अनुसार पुरस्कार प्राप्त दुबैले शरीरको रोग प्रतिरोधात्मक क्षमताले क्यान्सरका कोषमाथि आक्रमण गर्ने नयाँ पद्दतीका बारेमा अनुसन्धान गरेका हुन् ।
नोबल पुरस्कार नागरिक जेम्स एलिसन तासुकु होन्जो