News

४० हजार घुससहित उपसचिव पक्राउ

४० हजार घुससहित उपसचिव पक्राउ

पर्सा । पर्साका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख उपसचिव लालबाबु साह पक्राउ परेका छन् । उनी ४० हजार घुस रकमसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयले जनाएको छ । 

 

 

 

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले वीरगञ्जको चिनीमिल आवास क्षेत्रमा रहेको क्वार्टरबाट घुससहित पक्राउ गरेको हो ।

 

 

 

जगरनाथपुर गाउँपालिका अन्तर्गत वडा नम्बर-३, बिजवनियामा रहेको श्री नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालयको बैक खाता फुकुवा गर्न साहले घुस लिएका हुन् ।

घुस उपसचिव पक्राउ

विशेष