भत्ता लिन गएकी वृद्धालाई कर्मचारीले भने, ‘तपाई मरिसकेको विवरण छ, भत्ता पाइन्न’
काठमाडाै । बाटुलीमाया चेपाङको नागरिकतामा जन्म मिति २००१ साल छ ।
उनले राज्यले दिने बृद्ध भत्ता बुझ्दै आएकी थिइन् ।
गएको साउनमा आफ्नो भत्ता लिन उनी वडा कार्यालय पुगिन् ।
कालिका नगरपालिका ११ वाङथालमा उनको घर छ ।
घरदेखि दुइ घण्टा परको वडा कार्यालय पुग्दा कर्मचारीले उनलार्य बृद्धभत्ता नपाउने बताए ।
वडा कार्यालयमा उनको मृत्यु भएको विवरण पुगेको थियो ।
मरको मान्छेले कसरी भत्ता पउने ?
बृद्धा बाटुली गाउँमा बिलौना गर्दै हिँड्न थालिन् म त मरी सकेछु । अबदेखि भत्ता पाउन्न रे ।
केहि युवाले सोधखोज गर्दा पत्ता लाग्यो बाटुलीको निधन ०७४ सलको पुस १७ गते भएको कागजपत्र वडा कार्यालयमा रहेछ ।
कान्तिपुर दैनिकबाट ।