News

सभापति देउवाद्वारा जितिया पर्वको शुभकामना

सभापति देउवाद्वारा जितिया पर्वको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तराइमा विशेष गरेर थारू महिलाले मनाउने जितिया पर्वको अवसरमा सम्पूर्ण थारू महिला दिदी बहिनीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

 

 

उनले सोमबार एक शुभकामना सन्देशमार्फत जितिया पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका हुन् । यो पर्व थारू महिलाले निराहर व्रत बसेर परिवारका सदस्यको स्वास्थ्य तथा दीर्घायुको कामना गरी मनाउने गर्दछन् । 

 

 

विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक अनेकन धार्मिक, सांस्कृतिक रीतिरिवाज र परम्परामध्ये जितिया पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उनले उल्लेख गरेका छन् ।

 

 

सभापति एवं पूर्व प्रधानमन्त्री देउवाले जितिया पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भाव बढाउने काममा मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे । 

सभापति शेरबहादुर देउवा नेपाली काँग्रेस जितिया पर्व

विशेष