विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय कीर्तिपुरमा विद्यार्थीद्वारा तोडफोड
काठमाडौं । त्रिभुवन विश्विद्यालय शिक्षाध्यक्षको कार्यालय कीर्तिपुरमा विद्यार्थीले तोडफोड गरी शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीमाथि दुर्व्यवहार गरेका छन् ।
आइतबार अपराह्न १ः३० मा शिक्षाध्यक्षको कार्यालयमा पसी छलफलका लागि समय उपलब्ध नगराएको भन्दै कार्यालय तोडफोड गर्नुका साथै शिक्षाध्यक्ष कार्यालयमा कार्यरत कर्मचारीसमेतलाई त्रसित पारेका शिक्षाध्यक्षको कार्यालय प्रमुख निर्मल मिश्रले जानकारी दिए । घटनाबाट दुईवटा कुर्सी र टेबलमा क्षति पुगेको छ ।
शिक्षा मन्त्रालयमा आायोजित कार्यक्रममा उपस्थिति हुनुपर्ने अवस्थाका कारण तत्काल समय व्यवस्थापन गर्न कठिन रहेको जानकारी गराउँदै आठ–दश जना विद्यार्थीहरूले उनलाई दुर्व्यवहार गरेका हुन् । प्राज्ञिक निकायमा विद्यार्थी वर्गबाट भएको यस प्रकारको अमर्यादित प्रस्तुतिप्रति शिक्षाध्यक्ष प्रा.डा. त्रिपाठीले खेद व्यक्त गरेकी छन् ।