News

उपचारको क्रममा कैदीको मृत्यु

उपचारको क्रममा कैदीको मृत्यु

राजविराज । धरौटी बुझाउन नसकी नौ महिनादेखि कारागारमा रहेका एक बन्दीको आइतबार राति मृत्यु भएको छ ।

 

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारार्थ भर्ना भएका छिन्नमस्ता गाउँपालिका–५ का ३५ वर्षीय सन्तोष साहको मृत्यु भएको निमित्त जेलर सत्यनारायण यादवले बताए ।

 

यादवका अनुसार चोरी मुद्दामा सप्तरी जिल्ला अदालतको आदेशअनुसार नौ लाख धरौटी बुझाउन नसक्दा उनी नौ महिनादेखि सप्तरी कारागारमा पुर्पक्षका लागि थुनामा थिए ।

 

बाथ रोगीका बिरामी साहको पिसाबमा इन्फेक्सन थियो भने अस्पतालमा उपचारार्थ ल्याउँदा चिकित्सकले टाइफाइड भएकाले थप केही दिन उपचारका लागि अस्पतालमा राख्नु पर्ने बताएका थिए ।

 

साहको अस्पतालमा भर्ना भएको चार घण्टामा मृत्यु भएको उनको परिवारका सदस्यले बताए ।
 

नौ महिनादेखि कारागारमा बन्दीको आइतबार राति मृत्यु

विशेष