News प्रदेश ७

वडाका कर्मचारी भलिबल हेर्न गएपछि सेवाग्राहीलाई सास्ती

वडाका कर्मचारी भलिबल हेर्न गएपछि सेवाग्राहीलाई सास्ती

कैलाली । जिल्लाको धनगढी उप-महानगरपालिका वडा नम्बर १३ को कार्यालय दिउँसै बन्द हुँदा सेवाग्राहीलाई समस्या भएको छ । सेवा दिनुपर्ने समयमा कार्यालय नै बन्द गरेर अन्य गतिविधिमा संग्लन भएपछि सेवाग्राहीलाई समस्या भएको हो । 

 

 

मध्यान्ह १२ बजे वडा कार्यालय पुग्दा कार्यालयमा ताला लगाइएको थियो । र, कार्यालय बन्द भएपछि वडाबासी रित्तोहात घर फर्किन बाध्य भएका थिए । गाउँमा सिंह दरबार आएको भनिए पनि कार्यालयमा एउटा कर्मचारी पनि नभेटिनुले सिंह मात्र आएका तर दरबार नआएको महासुस भएको सेवाग्राहीले गुनासो गरे । 

 

 

वडा कार्यालय खुला नै हुनुपर्ने भएपनि वडाध्यक्षदेखि सबै कर्मचारी सोही वडाको कैलाली गाउँमा आयोजित भेट्रान बलिबल प्रतियोगिता हेर्न गएका बताइएको छ । सो प्रतियोगिता वडा कार्यालयकै आयोजनामा भएको हो । 

 

 

प्रतियोगितामा के सबैले कार्यालयमा ताल्चा मारेर अवलोकन गर्न जानै पर्ने त ? एक सेवाग्राहीले प्रश्न गरे । उनका अनुसार विभिन्न बहानामा वडा अध्यक्षदेखि कर्मचारीले दुःख दिने काम मात्रै गरिरहेका आरेप लगाए । १३ नम्बर वडाका अध्यक्ष विजयराज जोशी हुन् । उनी नेपाली काग्रेसको तर्फबाट विजयी भएका छन् । 

 

 

धनगढी उप-महानगरपालिका सेवाग्राही

विशेष