News

२० वर्षपछि हत्या आरोपी पक्राउ

२० वर्षपछि हत्या आरोपी पक्राउ

सप्तरी । हत्याको आरोपमा २० वर्षपछि सप्तरीमा एक वृद्ध पक्राउ परेका छन् । खड्ग नगरपालिका–११ बनौलीका ७५ वर्षीय पञ्चु मण्डललाई घटनाको १९ वर्ष पाँच महीनापछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जानकारी दिएको छ । 

 

 

मण्डलमाथि उनका छिमेकी जदु मण्डललाई ०५६ वैशाख २९ गते हत्या गरेको आरोप छ । मृतककी श्रीमतीले इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०५६ वैशाख ३० गते कर्तव्य ज्यानको उजुरी दर्ता गरेकी थिइन् । 

 

 

 

मृतक जदु र आरोपित पञ्चुका श्रीमतीबीच भएको विवादपछि उनीहरुबीच भएको झगडामा आरोपित पञ्चुले घाँटी थिचेर पेटमा प्रहार गर्दा जदुको मृत्यु भएको मृतककी श्रीमतीले बताएकी छिन् । 

 

 

आरोपितले भने जदुले आफूमाथि प्रहार गर्न खोज्दा उनले नै बोकेर ल्याएको फलामको कलको हेडले लागेर मृत्यु भएको बताएका छन् । 

सप्तरी पक्राउ

विशेष