News राजनीति

नागरिकको सेवामा महानगर निरन्तर सक्रियः प्रमुख शाक्य

नागरिकको सेवामा महानगर निरन्तर सक्रियः प्रमुख शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नागरिकको प्रत्यक्ष सेवासँग जोडिएका आवश्यक पूर्वाधार विकास र विस्तारका लागि महानगरपालिका निरन्तर लागिरहेको बताएका छन् । 

 

 


कामपा वडा नं ३ महाराजगञ्ज चोकमा निर्माण गरिएको सडक संकेत बत्ती सञ्चालनमा ल्याइने क्रममा प्रमुख शाक्यले बयस्तो बताएका हुन् । भूकम्पको कारण क्षति पुगेको सो सडक बत्ती २५ लाख खर्चमा बनाइएको हो । 

 

 

 

उक्त सडक बत्तीको रिमोट प्रमुख शाक्यले शुक्रबार आयोजित कार्यक्रममा ट्राफिक प्रहरी उपरीक्षक राजकुमार लम्साललाई हस्तान्तरण गरे । ‘विकास व्यवस्थापनका लागि सबै अधिकार महानगरमा आइपुगिसकेको छैन कामपाको अधिकारमा आएका कार्य क्रमिक रुपमा गरिँदै आएको छ’, शाक्यले भने । 

 

काठमाडौँ महानगरपालिका विद्यासुन्दर शाक्य

विशेष