अफगानिस्तानमा चुनावी र्यालीमा बम आक्रमण, १३ जनाको मृत्यु
एजेन्सी । अफगानिस्तानमा भएको एक चुनावी र्यालीमा बम आक्रमण हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नागरिक र सुरक्षा फौजका व्यक्ति रहेका अफगान सुरक्षाबलले जनाएको छ ।
तखार प्रान्तका प्रान्तीय प्रहरी प्रमुखका प्रवक्ता खलिल असरले ३२ जना अरु घाइते भएको जनाए। रुस्ताक जिल्लामा आयोजित चुनावी र्यालीलाई लक्षित गरी मोटरसाइकलमा बम राखेर पड्काइएको थियो ।
तखारको उक्त आक्रमणको हालसम्म कसैले जिम्मेवारी लिएको छैन, तर तालिबान लडाकू यस प्रान्तमा सक्रिय रहेका छन्। अक्टोबर २० मा हुने संसदीय चुनावलाई लक्षित गरी देशैभर आक्रमण भइरहेका छन्।
अफगानिस्तान