शेयर

आइतबार शेयर बजार दोहोरो अंकले वृद्धि

आइतबार शेयर बजार दोहोरो अंकले वृद्धि

काठमाडौं । धितोपत्र बजारले नेपालीको महत्वपूर्ण पर्व दसैंलाई हरियो झण्डा देखाएर स्वागत गर्ने संकेत गरेको छ । 

 

 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १४ दशमलब १५ विन्दुले बढेर एक हजार २४२ दशमलब ४३ विन्दुमा पुगेको छ ।

 

 

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३ दशमलव ५१ विन्दुले बढेको छ । 

 

 

समग्रमा आइतबार नेप्से १ दशमलब १५ विन्दुले बढेको हो । कूल १५८ कम्पनीको १० लाख १६ हजार ४६० कित्ता शेयर २६ करोड ९९ लाख १३ हजार ७ सय २९ रुपैयाँमा खरिद बिक्री भएको छ । 

 

 

 

नेप्से परिसूचक उल्लेख्य मात्रामा बढेपनि कारोबार रकममा भने सोचेजति वृद्धि हुन सकेन । कारोवार भएका दश उपसमूहमध्ये दुई उपसमूहको शेयर भने घटेको छ ।

 

 

जलविद्युत् १ दशमलब ३१ र उत्पादन ९५दशमलब ७३ विन्दुले घटेको छ । यस्तै बैंकिङ १७ दशमलब ३७, होटल ५५ दशमलब ३४, विकास बैंक १८ दशमलब १५, वित्त ३ दशमलब २४, निर्जीवन बीमा ८७ दशमलब ६१, अन्य ४ दशमलब २७, माइक्रोफाइनान्स ११ दशमलब १४, जीवन बीमा ५७ दशमलब ४९ विन्दुले बढेका छन् । 

 

 

 

स्टकका अनुसार आज एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, सहयोगी विकास बैंक, नेको इन्स्योरेन्सका शेयरधनीले कमाएका छन् भने यूनिलिभर, पञ्चकन्या माई हाइड्रोपावर, ङादी समूहका लगानीकर्ताले आइतबार गुमाएका छन् । 

धितोपत्र बजार शेयर बजार

विशेष