News

लागूऔषधसहित एक युवक पक्राउ

लागूऔषधसहित एक युवक पक्राउ

सिन्धुली । सिन्धुलीमा लागूऔषधसहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

 

 

सर्लाही हरिपुर्वा नगरपालिका-९ घर भई मलङ्गवा नगरपालिका-७ बस्दै आएका १९ वर्षीय अनिलकुमार बैठालाई काठमाडौंतर्फ आउने क्रममा कमलामाई नगरपालिका-६ ट्राफिक चेक पोष्ट अगाडि लागूऔषधसहित पक्राउ गरेको हो । 

 

 

बैठाको साथबाट फेनेग्राम एम्पुल ४ सय वटा, नोफिन एम्पुल ४ सय वटा र डाइजेपाम ४ सय वटा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए । घटनामा संलग्न अन्य व्यक्तिको समेत पहिचान भइसकेको र चाँडै नै पक्राउ गरिने उनको भनाइ छ । 

लागूऔषध सिन्धुली

विशेष