News

१५ हजार घुससहित प्रहरी निरीक्षक पक्राउ

१५ हजार घुससहित प्रहरी निरीक्षक पक्राउ

सुर्खेत । इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक (इन्सपेक्टर) सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् । 

 

 

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले आइतबार सालकोट प्रहरी चौकीबाट १५ हजार रुपैयाँ घुस लिंदै गरेको अवस्थामा इन्सपेक्टर सुशोभन श्रेष्ठसहित प्रहरी जवान तिलक लामिछानेलाई रंगेहात पक्राउ गरेको हो ।

 

 

 

श्रेष्ठले सुन पसल चोरीसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीबाट घुस मागेका थिए । अख्तियार सुर्खेतका प्रवक्ता जंगबहादुर डाँगीले पक्राउ परेका दुवै जनामाथि विस्तृत अनुसन्धान भइरहेको बताए ।

सुर्खेत घुस प्रहरी निरीक्षक

विशेष