News मनोरञ्जन

विवाह गरेको पाँच महिनामै नेहा धूपियाले मनाइन् ‘बेबी सावर’

विवाह गरेको पाँच महिनामै नेहा धूपियाले मनाइन् ‘बेबी सावर’

नयाँ दिल्ली । बलिउड अभिनेत्री नेहा धूूपियालाई चाँडै नै सन्तान लाभ हुने भएको छ । यसै खुसीयालीमा नेहाका श्रीमान् अंगद बेदीले मुम्बइस्थित बान्द्रामा ‘बेबी सावर पार्टी’ राखेका छन् । उक्त पार्टीमा सुनिल सेट्टी, करण जोहर, प्रिती जिन्टा,राहुल बोस, अलवीरा अग्निहोत्री, अतुल कसबेकरसँगै जर्जियासँगै अरबाज खान पनि पुगेका थिए । 

सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘बेबी बम्प’ सँगै फोटो राखेर नेहाले आफू गर्भवती भएको बताएकी थिइन् । उनका तस्विरहरू सामाजिक सञ्जालमा भाइरल भएपछि विवाहको तीन महिनामै गर्भवती भएको भन्दै नेहाको चर्को आलोचना पनि भयो ।
आलोचना भएपछि नेहाका श्रीमान् अंगदले यसरी सामाजिक सञ्जालमा नेहाको गर्भवस्थाबारे नकारात्मक टिप्पणी गरिनु गलत भएको र फेरि पनि भयो भने आफू चुुप लागेर नबस्ने बताएका थिए । 

नेहा र अंगदले एक वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । अहिले उनीहरूको विवाह भएको पाँच महिना भयो ।       

नेहा धूपिया

विशेष