कभर स्टोरी राजनीति

मन्त्री लालबाबुको दशैंः तासमा हारेपछि यस्तो भयो (भिडियोसहित)

मन्त्री लालबाबुको दशैंः तासमा हारेपछि यस्तो भयो (भिडियोसहित)

काठमाडौं । संघीय मामीला तथा सामान्य प्रशाशन मन्त्री लालबाबु पण्डित ‘सादगी’ नेता भनेर चिनिन्छन् । यि सादगी नेताले विशेषगरि दशैंलाई कत्तिको सादगी तरिकाले मनाउँछन् भन्नेबारे नेपाल आजले कुराकानी गरेकोे छ । अन्तर्वार्ता पछि थाहा भयो, उनी वास्तवमै सादगी रहेछन् । उनी र उनकी श्रीमती विमला महतकोे दशैंको योजना र विगतका अनुभवको संपादित अंश यस प्रकार छन् ।

 


यो वर्षको दशैं

यो वर्ष मन्त्री भएकाले जिम्मेवारीवोध थपिएको छ । जसकारण स्वतन्त्रतापूर्वक दशैं मनाउने अवस्था भएको बताउँदै मन्त्री पण्डितले भने, ‘विगतमा बन्धनमा नबाँधिइ स्वतन्त्रतापूर्वक समय निकालेर दशैं मनाउन पाइएको थियो ।’

 

मन्त्री पण्डितकी श्रीमती बिमलाले दशैंमा खासै ताझाम नगर्ने भन्दै थपिन्, ‘सामान्यगरि दशैं मान्नेलाई सधैं एउटै हुने रहेछ । उस्तै लाग्छ । बजारबाट तरकारी किनेर ल्यायो, खायो, खसी काट्ने चलन छैन ।’

 

विगतका दशैं

विद्यार्थी हुँदा पाल्पामा पण्डितले रुदैँ दशै मनाएको घटना सम्झीदैं भने, ‘घर जान नपाएको कारण त्यो बेलामा रुदैँ दशैं मनाएको थिएँ । सधैं परिवारको साथमा हुने हुँदा त्यो समय परिवासँग हुन पाइएन । एकपटक दशैंको दुइदिन अघिमात्र जेलबाट छुटेकोे थिएँ । त्यो बेलामा पनि दशैंको आधा समय गोर्खामा आधा सर्लाहीमा मनाउनुपरेको थियो । 

 

दशैंमा मासु

पण्डित परिवारमा घरमा खसी काट्ने चलन छैन । बाहिरबाट मासु किनेर खाने चलन नभएको भन्दै मन्त्री पण्डितले थपे, ‘नयाँ लुगा चाहिने ढिपी गरेर, खसी बोका ढालेर , धेरै रमाइलो गरेर दशैं मनाएको छैन ।’ 

 

दशैंमा सपिङ

स्वतन्त्र व्यक्ति हुँदा मन्त्री पण्डित फुटपाथमै सपिङ गर्थे । फुटपाथवाहेक अन्य सलमा फट््टफुट्ट जान्थे । तर अहिले मन्त्री भएपछि त्यो पनि भ्याउँदैनन् । साथीहरूलाई ल्याइदिन अह्राउँछन् । आजसम्म डिपार्टमेन्ट स्टोर नछिरेकोे र कुनै पनि मलमा गएर कपडा खरिद नगरेकोे कथन उनले सुनाए । ‘यस पटकको दशैंमा कुुनै पनि नयाँ लुगा किनेकोे छैन । आमाछोेरी किन्न मन लागे भृकुटि मण्डपतिर जान्छन् । मेरो परिवारमा महंगा लुगा कसैले लगाउँदैन’, उनले भने । 

 

बिमलाको दशैं
 

मन्त्री पण्डितकी पत्नी बिमलालाई विशेषगरि चाडबाडलाई लिएर कुनै पनि प्रकारको हर्ष छैन । सानै उमेरमा उनले बुबा गुमइन् । आफ्ना बुबाको फोटोसम्म पनि हेर्न नपाएका कारण उनलाई चाडवाड भन्नेवित्तिकै उदेक लागेर आउँछ । ‘७, ८ वर्षमा रमाइलो लाग्थ्यो । अहिले पनि ठिकै लाग्छ । त्यत्ति रमाइलो लाग्दैन’, उनले भनिन् । 

 

लालबाबुको खानपान

खानपानमा लालबाबु त्यत्ति सौखिन होइनन् । त्यसकारण पनि श्रीमती बिमलालाई भान्छामा कुनै किसिमको बाधा छैन्् । केही मनपर्ने परिकारबारे बताउँदै उनले भनिन्, ‘उहाँले अहिलेसम्म यही नै मनपर्छ भन्नुभएको छैन । तर अहिले आएर मेथी उमारेकोे अचार, फापरको रोटी खान मनपराउनुहुुन्छ । भ्याएको समयमा भान्छामा सहयोग पनि गर्नुहुन्छ ।’ 

 

दशैंमा तास

लालबाबुलाई तास खेल्नमा पनि त्यत्ति इच्छा छैन । घरमा श्रीमती र छोरीले अत्ति नै कर गर्दा एकछिन जुतपत्ति खेलिदिन्छन् । केही कुरामा पनि रमाइलो गर्ने बानी नहुँदा श्रीमती र छोरीलाई पनि दिक्क लाग्छ कहिलेकाहीँ । बिमलाले भनिन्, ‘धेरै सादगी भएर पनि कहिले त यसो रमाइलो गरिदिए हुन्थ्यो, जिस्किए हुन्थ्यो भनेजस्तो त लाग्छ । तर त्यो कहिल्यै पाएका छैनौं ।’ 

युवाअवस्थामा तास खेलेका घटना सुनाउँदै मन्त्री पण्डितले भने, ‘सन् २०३२ मा क्याम्पसको होस्टलमा पढ्दा एकदिन साथीभाइको बीचमा तास खेलेको हो । त्यतिबेला फलास खेल्दा ८ रुपैयाँ हारेपछि अहिलेसम्म साथीहरूसँग तास खेलेको छैन ।’

 

दशैंमा मदिरा


दशैं त के लालबाबु कहिल्यै पनि मदिरा सेवन गर्दैनन् । उनले भने, ‘धुम्रपान मध्यपान अहिलेसम्म पनि मेरो मुखमै परेको छैन । पहिला कोल्ड ड्रिंक खान्थे अहिले त्यो पनि खान छोडें ।’  
 

लालबाबु पण्डित दशैं

विशेष