हामी नेपालीको दूर्भाग्यः छ्याङ (जाँड) पनि कोरियाबाट आयात हुन थाल्यो
काठमाडौं । मित्र राष्ट्र भारतले नाकाबन्दी लगाउँदा नेपालमा आत्मनिर्भरताको कुरा कहाँ सम्म उठेन होला र ! तर राष्ट्रवादी भनिएका केपी ओली प्रधानमन्त्री भएकै बेला नेपाली जाँड प्रेमीहरुको तलतल मेटाउन कोरियाबाट छ्याङ आयात हुन थालेको छ । छ्याङ भनेको रक्सी बनाउनु अघिको मादक पदार्थ हो । यसलाई अर्को शब्दमा जाँड पनि भन्ने गरिन्छ ।
कोरियाको एक कम्पनीले यहि जाँड क्यानमा हालेर नेपाल पठाउन थालेको छ । अब हामी नेपालीले यो जाँड पनि क्यानमा किनेर खानु पर्ने अवस्था सिर्जना भएको छ । छ्याङको क्यानले यहि कुरा प्रमाणित गर्छ कि नेपालमा जाँड बनाउन सक्ने जनशक्ति र उद्योग पनि रहेनछन् ।
यो जाँडको क्यान एउटैलाई २५० रुपैयाँसम्म पर्छ ।