अब सडकमा सुत्नेलार्इ कारवाही गरिने !

एजेन्सी । हंगेरीमा सडक तथा सार्वजनिक ठाउँमा सुते कारवाही भोग्नु पर्ने नियम लागू गरिएको छ ।
त्यहाँको संसद्ले गएको जुन महिनामा पारित गरेको कानुन लागू भएसँगै अब सार्वजनिक ठाउँमा सुतेको भेटिए कारवाही हुने हंगेरीका प्रधानमन्त्री विक्टर ओरबानले बताए ।
सन् २०१३ मा सडक वा सार्वजनिक ठाउँमा सुत्नेलाई जरिवाना तिराउने गरिएकोमा अब थप कारवाही गरिने भएको बिबिसीले जनाएको छ ।
कारबाही के हुने भन्ने खबरमा उल्लेख गरिएको छैन । संयुक्त राष्ट्रसंघले भने यो कानुन मानवअधिकार विपरित भएको भन्दै आलोचना गरेको छ ।
हंगेरी