News प्रदेश ७

बैतडीका शक्तिपीठमा भक्तजनको घुइँचो

बैतडीका शक्तिपीठमा भक्तजनको घुइँचो

बैतडी । दसैंको अवसरमा बैतडीका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ । 

 

 

देहीमाडौंमा रहेको प्रशिद्घ निङ्गलाशैंनी भगवती मन्दिर, मेलौलीमा रहेको मेलौली भगवती मन्दिर, पाटनमा रहेको उदयदेव मन्दिर, त्रिपुरामा रहेको त्रिपुरा सुन्दरी मन्दिर, पुर्चौडीमा रहेको डिलाशैनी भगवती मन्दिर, दोगडाकेदारमा रहेको दोगडाधाम, देउलेक केदारलगायतका दर्जनौं मन्दिरमा घटस्थापनादेखि नै भक्तजनको घुइँचो लागेको हो । 

 

 

यी मन्दिरमा भारतका विभिन्न स्थानबाट समेत दर्शनार्थी आएका छन् । दसैंको बेलामा लाग्ने मेलामा भक्तजनको घुइँचो लागेको दशरथचन्द नगरपालिका-२ देहीमाडौंका अध्यक्ष रनबहादुर बोहराले जानकारी दिए ।

 

 

यस्तै पुर्चौडी नगरपालिकाको मल्लादेहीमा रहेको डिलाशैनी भगवती मन्दिरमा पनि महाअष्टमीको दिन राँगाको बलि दिने गरिन्छ ।

 

 

पाटनमा रहेको उदयदेव मन्दिरमा नवमीको दिन राँगाको बलि दिइन्छ । त्रिपुरा सुन्दरी मन्दिरमा घटस्थापनादेखि दसैंसम्म बलि दिने गरिएको छ । 

 

 

नवरात्रमा चोखोभोको रहेर शक्तिपीठको पूजाआजा गर्ने चलन रहिआएको निङ्गलाशैनी भगवती मन्दिरका पुजारी देवदत्त भट्टले जानकारी दिए । 

 

 

मेलामा कुनै आपराधिक क्रियाकलाप नहोउन् भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय बैतडीले मेला स्थलमा प्रहरी परिचालन गरिएको बैतडीका प्रहरी प्रवक्ता कान्तिराज जोशीले जानकारी दिए । 

बैतडी शक्तिपीठ भक्तजनको घुइँचो

विशेष