News

 खुकुरी प्रहार गरी श्रीमतीको हत्या

 खुकुरी प्रहार गरी श्रीमतीको हत्या

प्युठान । जिल्लाको झिमरुक गाउँपालिका-२ डाँडाचौरमा श्रीमानले श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन्  ।

 

 

४९ वर्षिय काले सामतले ४० वर्षिय श्रीमती लक्ष्मी सामतको खुकुरी प्रहार गरि हत्या गरेका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए।

 

 

उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरायसी झगडाले घटना घटेको हुन सक्ने अनुमान गरिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्युठान प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले बताए ।

प्युठान  खुकुरी प्रहार

विशेष