लागूऔषधसहित दम्पती पक्राउ

रुपन्देही । अवैध लागूऔषधसहित बुधबार रुपन्देहीमा एक दम्पती पक्राउ परेको छ ।
भारतबाट अबैध लागूऔषध नेपाल भित्र्याएको आरोपमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका-२, का २५ वर्षीय ओमप्रकास हरिजन र उनकी श्रीमती २४ वर्षीया गोडिया हरिजन पक्राउ परेको प्रहरीले जनाएको छ ।
सीमावर्ती क्षेत्र मेउडिहवाबाट पक्राउ परेका उनीहरुबाट प्रहरीले डाइजेपाम, फेनारगन र नुफीन बरामद गरेको छ ।
मोटरसाइकलको पछाडि बसेकी गोडियाले आफनो ब्यागमा लुकाएर ल्याएको अवस्थामा त्यति परिमाणको लागूऔषध बरामद भएको प्रहरीले बताएको छ ।
अवैध लागूऔषध रुपन्देही