News

जीप दुर्घटना, दुईको मृत्यु, १४ घाइते

जीप दुर्घटना, दुईको मृत्यु, १४ घाइते

धनकुटा । जीप दुर्घटना हुँदा धनकुटामा दुईजनाको मुत्यु भएको छ । सोमबार बिहान करिब सवा १० बजे तिर साँगुरीगढी गाउँपालिका १० आहालेको तम्राङबाट धरानतर्फ गइरहेको को १ ज १८२१ नम्बरको जीप साँगुरीगढी गाउँपालिका ९ हर्दियामा दुर्घटना हुँदा घटनास्थलमै दुईजनाको मृत्यु भएको हो ।

 

दुर्घटनामा मृत्यु हुनेमा साँगुरीगढी गाउँपालिका १० आहालेकी ३९ वर्षीया सममाया राई र पाँचथर घरभई हाल सोही ठाउँमा बस्ने ६१ वर्षीया माया सुनुवार रहेको ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताए । ब्रेक फेल भइ दुर्घटना भएको हुनसक्ने ट्राफिक प्रहरी प्रमुख खड्काले बताए । उनले  घाइते भएका १४ जनालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जानकारी दिए । 

धनकुटा जीप दुर्घटना दुईजनाको मुत्यु १४ घाइते

विशेष