ऋषि कपूर आमाको अन्तिम संस्कारमा सामेल हुन नहुने
नयाँ दिल्ली । बलिउड अभिनेता ऋषि कपूरकी आमा कृष्णा राज कपूरको सोमबार ८७ वर्षको उमेरमा निधन भएको छ । केही दिनअघिमात्र अमेरिका गएका छोरा ऋषि कपूर आमा कृष्णाको अन्तिम संस्कारमा सामेल नहुने भएका छन् ।
कृष्णाको अन्तिम संस्कार सोमबार साँझ हुने भएको छ । ऋषि कपूर २९ सेप्टेम्बरमा उपचारको लागि अमेरिका गएका छन् । आफ्नो उपस्थिति नहुने भएपछि उनले छोरा रणवीर कपूरलाई मुम्बई पठाएका छन् ।
ऋषि कपूरले २९ सेप्टेम्बरमा आफू उपचारको लागि अमेरिका जाँदै गरेको कुरा ट्विटरमार्फत खुुलासा गरेका थिए । तर अहिलेसम्म उनलाई के रोग लागेको भन्नेबारे स्पष्ट भएको छैन ।
ऋषिका एक नजिकका मित्रले बताएअनुसार उनी आफैंले बिमारीबारे सार्वजनिक नगर्न सुझाएका हुन् । यसकारण कि, जो निर्र्माताले ऋषिको फिल्ममा पैसा लगानी गरेका छन्, उनीहरू नडराउन् भनेर । त्यसमाथि पनि ऋषिलाई जे बिमारी भएको हो त्यसको उपचार सम्भव छ र त्यस्तै बिमारी भएका व्यक्ति फिल्म इन्डस्ट्रीमा अरू पनि छन् । जो अहिले फिट भइसकेका छन् ।