News

विद्यार्थी कुट्ने प्रअ श्रेष्ठलाई म्याद थप

विद्यार्थी कुट्ने प्रअ श्रेष्ठलाई म्याद थप

नवलपरासी । विद्यार्थी कुटपिट आरोपमा पक्राउ परेका पूर्वी नवलपरासी बुलिङ्टार गाउँपालिकाकास्थित शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमकुमार श्रेष्ठको म्याद थप गरिएको छ । 

 

 

प्रहरीले पीडितको उजुरी आधारमा गत असोज ११ गते पक्राउ परेका प्रधानाध्यापक श्रेष्ठलाई जिल्ला अदालतबाट म्याद थप गरेको छ ।

 

 

 

पूर्वी नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक टीकाराम पोखरेलका अनुसार पक्राउ परेका श्रेष्ठको आठ दिनको म्याद थप गरिएको छ ।

 

 

 

कुटपिट एवं अंगभगं गर्ने महलमा श्रेष्ठ विरुद्ध मुद्दा चलाइएको प्रहरीले जनाएको छ । पीडित खुमानका बुबा वीरबहादुर सार्कीले जिल्ला प्रहरी कार्यालयमा गत असोज ५ गते किटानी जाहेरी दिएपछि श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो । 

 

 

 

गत असोज २ गते कक्षा १० मा अध्ययन गर्ने विद्यार्थी खुमान सार्की नेपालीलाई ढिला आएको भन्दै विद्यालयका प्रधानाध्यापक श्रेष्ठले कुटपिट गर्दा विद्यार्थी सार्कीको कानको जालीमा समस्या देखिएको आरोप श्रेष्ठमाथि लागेको छ 

नवलपरासी शिव माध्यमिक विद्यालय प्रधानाध्यापक ओमकुमार श्रेष्ठ

विशेष