News

आठ महिने शिशुको बलात्कारपछि हत्या गर्ने पक्राउ

आठ महिने शिशुको बलात्कारपछि हत्या गर्ने पक्राउ

इटहरी । महोत्तरी औराही-१ को ८ महीने शिशुको अपहरण गरी यौन दुव्र्यहारसहित हत्या गरी फरार रहेका एक अभियुक्तलाई आज (शनिबार) सुनसरीबाट पक्राउ गरेको छ । 

 

 

पक्राउ पर्नेमा महोत्तरी साविक हात्तीसार गाविस- १ का ३६ वर्षीय भरत साह रहेको प्रहरीले जनाएको छ । गत भदौ दोस्रो हप्ता शिशुलाई घरबाट अपहरण गरी करणीपछि हत्या गरेर भारततिर फरार रहेका अभियुक्त साह प्रहरीको उच्च खोजीमा रहेको थियो ।

 

 

सप्तरीबाट सुनसरीतिर आउने क्रममा कोशी ब्यारेज क्षेत्रमा प्रहरीले चेकजाँच गर्दा उनलाई पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । 

 

 

महिला तथा बालबालिका विरुद्धको अपराधमा प्रहरीले अपनाएको उच्च सुरक्षा रणनीति तथा सुनसरी प्रहरीले अघि बढाएको आपराधिक गतिविधि नियन्त्रण अभियानअन्तर्गत सूक्ष्म जाँच गर्ने कार्यमा खटिएका प्रहरी टोलीले अभियुक्तको हुलियाका आधारमा आज १ बजेतिर उनलाई नियन्त्रणमा लिन सफल भएको उनले बताए । 

 

 

पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवाको हिरासतमा राखिएको पनि प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । 

इटहरी भरत साह

विशेष