News

खुकुरी प्रहार गरी युवकको हत्या

खुकुरी प्रहार गरी युवकको हत्या

उर्लाबारी । मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा शुक्रबार राति एक युवकको हत्या गरिएको छ । 

 

 

 

गए राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो रिसिइबीलाई लिएर सोही ठाउँका २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । 

 

 

 

खुकुरी प्रहारबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका खड्काको घटनास्थलमै मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए ।

 

 

हत्या गर्ने विष्टलाई प्रहरीले खुकुरीसहित राति नै पक्राउ गरेको मृतकको शव उर्लाबारी–३ स्थित मङ्गलबारे अस्पतालमा परीक्षणका लागि राखिएको छ । 

खुकुरी प्रहार उर्लाबारी

विशेष