अरिङ्गालको स्वाद चाख्ने हो ? जानुहोस् म्याग्दी
म्याग्दी । अरिङ्गाल व्यवसाय गर्दै आएका जिल्लाको बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिङ्गालवाली’ को पहिचान बनाएकी छन् ।
लामो समयदेखि होटल व्यवसायमा आबद्ध उनी पछिल्लो समय अरिङ्गालवाली भनेर चिनिनुको कारण हो, अरिङ्गालको व्यापार । बेनीको वीरेन्द्रचोकस्थित होटल रोजिनाकी सञ्चालिका सिर्जनाको अरिङ्गालको व्यापार फष्टाउँदै गएकाले ग्राहकले उनलाई ‘अरिगाङ्लवाली’ भन्न थालेका हुन् ।
कतिले त अरिङगाल खाएर सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै आएका छन् । दुई वर्ष अघि गलेश्वरको चमेरेमा अरिङ्गालको व्यापार गरेको देखेपछि उनले पछिल्लो तीन महीनादेखि आफैंले अरिङ्गालको व्यापार गर्दै एकी हुन् । उनलाई यो व्यवसायमा सल्लाह दिने महिला उद्यमी पुष्पा पुन हुन्।
म्याग्दी विमका रिमबहादुर र खिमबहादुर गौतम भाइले पोलेर ल्याउने अरिङ्गाल सिर्जनाले मानाको एक हजार ५ सय रुपैयाँमा खरीद गर्दै आएकी छन् ।
अरिङ्गाल पोलेर आर्थिक जोहो गर्न सफल भएका म्याग्दी विम-७ भारबाङ मालिका गाउँपालिका २६ वर्षीय रिमबहादुर गौतम हुन् ।
एक दिन गाउँमा एक गुरुङ थरका व्यक्ति अरिङ्गाल खोज्दै आए, हामीले अरिङ्गाल पोलेर दिएपछि उनले खाँदै यसबाटै आफ्नो स्वास्थ्यमा सुधार आएको बताए । आफ्नो शरीरमा अरिङ्गाल खाएपछि मात्रै पसिना आउने थालेको उनले जानकारी दिए ।
म्याग्दी अरिङ्गाल व्यवसाय