नेविसंघका कार्यकर्ताद्वारा वकिलको कार्यालय तोडफोड
कञ्चनपुर । निर्मला पन्तको हत्यारा पत्ता नलागेपछि नेपाली कांग्रेसको भातृसंगठन नेविसंघका कार्यकर्ताले जिल्ला बन्दको आह्वान गरेका थिए ।
बन्दको अवज्ञा गरी कार्यालय खोलेको भन्दै नेविसंघका कार्यकर्ताले जिल्ला सरकारी वकिलको कार्यालय कञ्चनपुरमा तोडफोड गरेका छन् ।
तोडफोडका क्रममा नेविसंघका कार्यकर्ताले कार्यालयमै चारजना कर्मचारीमाथि पनि हातपात गरेको जिल्ला न्यायाधीवक्ता खेमराज भट्टले जानकारी दिए । साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरण अझै टुंगिन लाग्न सकेको छैन । प्रहरीले नै प्रमाण मेट्ने काम गरेपछि घटना झन् रहस्यमय बन्दै गएको छ ।