विदेश

भारतले  पेट्रोलियम पदार्थमा लाग्ने कर घटायो

भारतले  पेट्रोलियम पदार्थमा लाग्ने कर घटायो

एजेन्सी । भारतमा पेट्रोलियम पदार्थमा लाग्दै आएको अन्त शुल्क कर घटाइएको छ। भारतको केन्द्रिय सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको अन्त शुल्क कर घटाएको हो ।

 

 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै गएपछि उपभोक्तालाई राहत दिन त्यहाँको केन्द्र सरकारले कर कटौति गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

 

 

सञ्चार माध्यमका अनुसार चुनावको मुखमै मूल्य बढ्दा सरकारप्रति असन्तुष्टि बढ्दै गएपछि कर घटाइएको हो । भारतीय अर्थमन्त्री अरुण जेट्लीले अन्तशुल्क १.५ प्रतिशत घटाइएको बताएका छन्।

 

 

उनले सोहीअनुसार सबै प्रदेश सरकारलाई मूल्य घट्ने वातावरण बनाउन पत्राचार पनि गरिएको जानकारी गराएका भारतीय संचार माध्यमले जानकारी दिएका छन्। भारतमा इन्धनको मूल्य बढेको भन्दै भारतीय कांग्रेस पार्टीले विरोध गर्दै आएको छ। 

पेट्रोलियम पदार्थ कर

विशेष