News

स्याङ्जामा जिप दुर्घटनाः एकको मृत्यु, १९ जना घाइते

स्याङ्जामा जिप दुर्घटनाः एकको मृत्यु, १९ जना घाइते

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–७ धराङ्दीमा आइतबार दिउँसो जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । 

 

 

गल्याङ नगरपालिका-७ सिरौंसाबाट गल्याङ बजारतर्फ आउँदै गरेको लु१ज ३३८० नंको जिप कच्ची ओरालो बाटोमा ‘ब्रेक फेल’ भई पल्टिँदा गल्याङ-७ बस्ने ३२ वर्षीय रामप्रसाद भण्डारीको मृत्यु भएको हो । 

 

 

दुर्घटनामा परी गल्याङ–७ का पुरन सुनार, ललित गुरुङ, भुमा श्रेष्ठ, आनन्द भण्डारी, तीर्थप्रसाद श्रेष्ठ, देवी सापकोटा र गल्याङ–८ बस्ने संगीता खनाललाई गल्याङ हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ । 

 

 

घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । 

जिप दुर्घटना स्याङ्जा

विशेष