खाटबाट लडेर युवकको मृत्यु !

तेह्रथुम । सुन्दा अचम्म तर घटना यथार्थ हो । याे घटना तेह्रथुम जिल्लाकाे हाे । सुतिरहेको खाटबाट लडेर लालीगुराँस नगरपालिका-८, सोल्माका ३३ वर्षे दिलिप लिम्बूको सोमबार राति ज्यान गएको छ ।
श्रीमतीले छाडेपछि एक्लै बस्दै आएका लिम्बू गाउँघरमा धामी झाँक्रीको काम समेत गर्थे । भूइँमा लडिरहेको अवस्थामा छिमेकीले भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
लिम्बूको शव मंगलबार जिल्ला अस्पतालमा पोष्टमार्टम गरी परिवारले बुझेका जिल्ला प्रहरी प्रमुख डीएसपी टेकबहादुर कार्कीले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । गाउँलेका अनुसार लिम्बूलाई उच्च रक्तचापको समेत समस्या रहेको थियो ।
तेह्रथुम खाट