पाँच हजार भूकम्प पीडितको गुनासो संकलन, होलान् समाधान ?

भोजपुर । भूकम्प कार्यान्वयन एकाइ भोजपुरमा गत मंीसर महिनासम्म पाँच हजार १०६ भूकम्प पीडितको गुनासो संक्लन भएको छ ।
कार्यालयमा संकलित गुनासामध्ये सबैभन्दा बढी भोजपुर नगरपालिकाबाट दुई हजार ९४, षडानन्द नगरपालिकाबाट एक हजार २२१, आमचोक गाउँपालिकाबाट ४ सय ६३, टेम्केमैयुङ गाउँपालिकाबाट ३८२, अरुण गाउँपालिकाबाट ३४७, रामप्रसाद राई गाउँपालिकाबाट २१८, साल्पासिलिछो गाउँपालिकाबाट १८६, हतुवागढी गाउँपालिकाबाट १६१ र सबैभन्दा कम पौवादुङ्मा गाउँपालिकाबाट ३२ जनाको संकलन भएको एकाइ प्रमुख राजनराज रेडीले बताए ।
सङ्कलित गुनासालाई सिफारिश गरेर पठाइने र त्यसपछि आवश्यक प्रक्रिया अगाडि बढ्ने उहाँले जानकारी दिनुभयो । अहिले पनि गुनासो संकलन भइरहेको जनाइएको छ ।
यसअघि लाभग्राही सूचीमा परेका पाँच हजार ७४९ मध्ये पाँच हजार २४४ जनाले पहिलो र दुई हजार ३६४ जनाले दोस्रो किस्तावापतको रकम लिएको कार्यालयले जनाएको छ ।
भूकम्प पीडित भोजपुर