विदेश

भारतमा मुसाले बरामत गरिएको रक्सी पियो !

भारतमा मुसाले बरामत गरिएको रक्सी पियो !

एजेन्सी । भारतमा फेरि अचम्मको घटना भएको छ । घटना हो मुसाको विषयमा । बिहारमा फेरि एक पटक मुसाले रक्सी पिएको घटना सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

 

 

घटना बिहारको कैमूर जिल्लाको हो । जिल्लामा रक्सीमा प्रतिबन्ध लगाएपछि पनि बजारमा भेटिएको रक्सी बरामद गरिएको थियो । बरामद गरी नष्ट गर्न भनेर राखिएको रक्सी मुसाले खाएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

 

 

कैमूरको एउटा गोदाममा सन् २०१६ देखि अहिलेसम्म जफत गरिएको रक्सी राखिएको थियो । सोमबार जफत गरिएको रक्सी नष्ट गर्ने कार्यक्रम थियो ।

 

 

नष्ट गर्ने बेलामा जब हिसाबकिताब भयो १० हजार रुपैयाँको अन्तर पाइयो । त्यसपछि मात्रै थाहा भयो कि १० हजार बराबरको रक्सी मुसाले पिएका रहेछन् ।

 

 

जिल्ला प्रशासन कार्यालयले झण्डै ३० लाख भारतीय रुपैयाँ बराबरको ११ हजार लिटर रक्सी नष्ट गरेको थियो । रोलरले थिचेर रक्सी विभिन्न ब्राण्डका रक्सी नष्ट गरिएको थियो । 

 

 

जाँच निरीक्षक प्रदीप कुमारका अनुसार जफत गरिएको रक्सी एउटा गोदाममा राखिएको थियो । उनका अनुसार १० हजार भारतीय रुपैयाँ बराबरको रक्सी मुसाले नष्ट गरेको हो । लिक भएका रक्सीका बोतलबाट मुसाले रकसी पिउने गरेको कुमारले बताएका छन् । 

 

 

सन् २०१७ मा पनि बिहारमा झण्डै ९ लाख लिटर रक्सी जफत गरिएको थियो । त्यसमध्ये अधिकांश रक्सी मुसाले खाएको बताएपछि बिहार प्रहरीको मजाक उडाइएको थियो ।

भारत रक्सी मुसा

विशेष