News

शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम घोषणा

शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षक संस्था र सरकारबीच गरिएका विगतका सम्झौता कार्यान्वयन नगरिएकाले आन्दोलनमा उत्रिनुपरेको जनाएको छ । 

 

 

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष बाबुराम थापाले महासंघले निवृत्त शिक्षक र सबै स्थायी शिक्षकको निवृत्तिभरण, उपदान र औषधोपचार खर्च संघीय सरकारले गर्नुपर्ने, विद्यालय कर्मचारीको तहगत दरबन्दी सिर्जना गरी सोहीअनुसार पारिश्रमिक निर्धारण गर्नुपर्ने, राहत शिक्षकलाई स्थायी दरबन्दीमा रुपान्तर गर्नुपर्नेलगायत माग राखेको जानकारी दिए । 

 

 

महासंघले यही असोज २१ देखि मङ्सिर २१ सम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । यसैगरी महासंघले शिक्षासम्बन्धी हरेक अङ्गमा आफूहरुको अनिवार्य उपस्थित गराउनसमेत माग गरेको छ । 

आन्दोलन नेपाल शिक्षक महासंघले शिक्षक संस्था

विशेष