News

सवारी दुर्घटनामा १० जनाको मृत्यु

सवारी दुर्घटनामा १० जनाको मृत्यु


चितवन । दसैंको समयमा जिल्लामा १७ वटा ठूला सवारी दुर्घटना भएका छन् । चाडपर्वको समयमा तीव्रगतिमा सवारी चलाउँदा ती दुर्घटना भएका हुन् । 

 

 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २४ गते घटस्थापनादेखि कात्तिक ३ गते शनिवारसम्म भएका ती दुर्घटनामा १० जनाको मृत्यु हुनाका साथै ५६ जना घाइते भएका थिए । 

 

 

उक्त कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शुशिलसिंह राठौंरका अनुसार नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्गमा भएको ती दुर्घटना मादक पदार्थ सेवन (मापसे) गरी तीव्रगतिमा सवारी चलाएका कारण भएका हुन् । दशैं शुरु भएसँगै दैनिक मापसे गरी सवारी चलाउने २०लाई नियन्त्रणमा लिई कारवाही गरिएको उनले जानकारी दिए । 

चितवन सवारी दुर्घटना

विशेष