News

 दाउराले हानेर श्रीमतीको हत्या

 दाउराले हानेर श्रीमतीको हत्या

गुल्मी । घरायसी झगडा हुँदा गुल्मीमा एक व्यक्तिले शनिबार राति आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

 

 

मदिरा सेवन गरेका मुसिकोट नगरपालिका-७, इन्द्रेगौंडाका ३५ वर्षीय पंकज कुमालले सामान्य विवादमै ३० वर्षीया श्रीमती लाली कुमाललाई दाउराले हानी घाइते बनाएका थिए । 

 


घाइते कुमालको उपचारका लागि सदरमुकाम तम्घास ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिए । 

गुल्मी श्रीमतीको हत्या

विशेष