News

माइक्रोबसको ठक्करबाट एकजनाको मृत्यु

माइक्रोबसको ठक्करबाट एकजनाको मृत्यु

राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्नि साइकृष्ण सवरण गाउँपालिका-१ जण्डोलमा माइक्रोबसको ठक्करबाट पैदलयात्री स्थानीयवासी ६५ वर्षीय अन्दुलाल चौधरीको मृत्यु भएको छ । 

 


विराटनगरबाट काठमाडौंंतर्फ जाँदै गरेको बा ५ ख १४५१ नं को माइक्रोबसले अर्को सवारी साधनलाई उछिन्ने क्रममा सडक किनारमा हिँडिरहेका चौधरीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । 

 

 

घटनापछि स्थानीयवासी र पीडितले पूर्वपश्चिमराजमार्गमा केही घण्टा चक्का जाम गरेका थिए । माइक्रोबस र चालकलाई नियन्त्रणमा लिने शर्तमा यातायात पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

राजविराज सप्तरी

विशेष