News

रक्सी पिएर वडाअध्यक्षले सर्वसाधारणलाई पिटे !

रक्सी पिएर वडाअध्यक्षले सर्वसाधारणलाई पिटे !

ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा जनप्रतिनिध नै कुटपिट गर्न थालेपछि स्थानीय हैरान भएका छन् । यसैबीच, वडा नं. ६ थाक्लेका वडाध्यक्ष हेमराज राईले सर्वसाधारण र पेट्रोल पम्प सञ्चालकमाथि कुटपिट गरेका छन् । 

 

 

रक्सी पिएर सर्वसाधारणमाथि हातपात गर्दा राई प्रहरी हिरासतमा पुगेका छन् । रक्सी पिएर अर्पण आयल हर्कपुरका सञ्चालक र स्थानीय युवा ठाकुर अधिकारीमाथि आक्रमण गरेपछि राई प्रहरी हिरातमा पुगेका हुन् ।

 

 

शनिबार राति रक्सीले मातेर पेट्रोल पम्पमा पुगेका राईले सञ्चालक र स्थानीयमाथि हातपात गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

 

 

रक्सी पिएर आयल स्टोरमै पुगी डाङडाङ डुङडुङ गरेकाले पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख अनन्तराम शर्माले बताए । अनुसन्धान गरेर सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा चलाइने उनको भनाई छ । 
 

ओखलढुंगा हेमराज राई

विशेष