News प्रदेश ७

धनगढीको एक पसलमा आगलागी

धनगढीको एक पसलमा आगलागी

कैलाली । जिल्लाको धनगढी उपमहानगरपालिका-४ मा रहेको गणेशलक्ष्मी इन्टरप्राइजेज र सरस्वती इन्टरप्राइजेजमा आगलागी भएको छ । 

 

 

धनगढीको मुख्य बजारमा रहेको गणेश इन्टरप्राइजेजको माथिल्लो तलामा एक्कासि दिउँसो करिब पौने चार बजे आगलागी भएको हो । 

 

 

नेपाल प्रहरी, सशस्त्र प्रहरी, धनगढी उपमहानगरपालिकाको दुई वटा दमकल र स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागी हुनुको कारण भने अझै खुल्न नसकेको प्रहरी नायव उपरीक्षक हरि वलीले जानकारी दिए । 

आगलागी धनगढी

विशेष