विदेश

इजिप्टमा अर्थशास्त्री गिरफ्तार

इजिप्टमा अर्थशास्त्री गिरफ्तार

कायरो । इजिप्ट प्रहरीले अर्थशास्त्री अब्देल खालेक फारुकलाई मुलुकको आर्थिक तथा सामाजिक सङ्कटका बारेमा विश्लेषणात्मक पुस्तक प्रकाशन गरेलगत्तै आइतबार गिरफ्तार गरेको छ । 

 

 

फारुकले गत साता आफ्नो पुस्तक ‘के इजिप्ट साँच्चिकै गरिब मुलुक हो ?’ का कैंयौं प्रति सुरक्षाकर्मीले जफत गरेको बताएका थिए । 

 

 

‘उहाँलाई गिरफ्तार गरिएको छ र पुस्तककै कारण उहाँलाई राज्य सुरक्षा अभियोजक समक्ष भोलि उपस्थित गराइनेछ’ मानव अधिकार सूचनाका लागि अरब सञ्जालको नेतृत्व समेत गरिरहेका कानुन व्यवसायी गमाल इदले बताए । 

 

 

फारुक विरुद्धको मुख्य आरोपका बारेमा सरकारी अभियोजनकर्ताले निर्णय गर्नेछन्, इदले भने । प्रहरीले पनि पुस्तककै कारण गिरफ्तार गरिएको मौखिक जानकारी गराएको बताइएको छ । 

 

 

इजिप्टको राष्ट्रपतिका रुपमा सन् २०१४ मा अब्देल फतेह अल–सीसी सत्तामा आएपछि मानव अधिकार समूहहरुले सबैजसो विपक्षीहरुलाई इजिप्ट सरकारले दबाएको आरोप लगाउँदै आएका छन् । 

 

 

सरकारी अधिकारीहरुले आफ्नो मुख्य लक्ष्य आतकंवादसँग लड्नु र गलत सूचना फैल्याउने कार्य रोक्नु रहेको बताएका छन् । एजेन्सी

इजिप्ट अर्थशास्त्री अब्देल खालेक फारुक

विशेष