News

भारतीय प्रधानमन्त्री मोदीद्वारा नेपाली गायिका सरस्वती खत्रीको प्रशंसा 

भारतीय प्रधानमन्त्री मोदीद्वारा नेपाली गायिका सरस्वती खत्रीको प्रशंसा 

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको चर्चित शास्त्रीय सांगीतिक समूह ‘सुरसुधा’ की मुख्य गायिका सरस्वती खत्रीको प्रंशसा गरेका छन् । प्रधानमन्त्री मोदीले सोमबार एक ट्वीट गर्दै गायिका खत्रीको प्रंशसा गरेका हुन् । 

 

 

उनको स्वरमा रेर्कड गरिएको महात्मा गान्धीको प्रिय भजन ‘बैष्णव जन ते तेने कहिए’ सुनेपछि प्रधानमन्त्री मोदीले सो ट्वीट गरेका हुन् ।

 

 

गायिका खत्रीको आवाजमा उक्त भजन सुन्न पाउँदा आफ्नो नेपाल भम्रणको स्मृति ताजा भएको मोदीको ट्वीटमा उल्लेख छ । 

साथै, प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटमार्फत गान्धीमा आधारित प्रिय भजनले नेपाल र भारत दुवै देशको मुल्य-मान्यतालाई प्रतिविम्बित गर्ने बताएका छन् ।

 

 

विश्व शान्तिका प्रणेता महात्मा गान्धीको १५०औं जन्म जयन्ती मनाउनका लागि २०१८ अक्टुबर २ तारिखका दिन नेपालका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरे प्रमुख अतिथि रहेको एक कार्यक्रममासमेत गायिका खत्रीले उक्त भजन गाएकी थिइन्।

 

 

त्यससमय उपप्रधामन्त्री पोखरेलले खत्रीको आवाजको प्रशंसा गरेका थिए । भने, उपस्थित दर्शकसमेत खत्रीको भजनले मन्त्रमुग्ध भएका थिए ।  

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरस्वती खत्री

विशेष