News

टिपर दुर्घटनाः एकको मृत्यु, दर्जन बढी घाइते

टिपर दुर्घटनाः एकको मृत्यु, दर्जन बढी घाइते

सिन्धुपाल्चोक । जिल्लाको जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैंसेमा सोमबार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । 

 

 

बा४ख ९०१७ नंको टिपर सडकमै पल्टिँदा ११ जनाभन्दा बढी घाइते भएका छन् । उक्त टिपरले घुम्तीमा अर्को गाडीलाई उछिनेर घुमाउन खोज्दा सडकमा पल्टिएको भैंसे निवासी रामबहादुर तामाङले बताए । 

 

 

दुर्घटनाका कारण एक जनाको घटनास्थलमै मृत्यु भएको र बाँकीलाई उपचारका लागि खाडीचौर लगिएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

 

 

प्रहरी कुमार श्रेष्ठले मृतकको सनाखत हुन नसकेको र चालक फरार भएको जानकारी दिए । 
 

सिन्धुपाल्चोक टिपर दुर्घटना

विशेष