विदेश

विस्फोटमा परी एघार आतंककारी मारिए

विस्फोटमा परी एघार आतंककारी मारिए

अफगानिस्तान । दक्षिण आफगानिस्तानमा आफैले बनाएको विस्फोटक पदार्थ विस्फोट हुँदा कम्तीमा एघार तालिबान आतंककारी मारिएका छन् । 

 

स्थानीय अधिकारीहरुले मंगलबार सो जानकारी दिएका छन् । सोमबार अबेर राती मिजान र छिमेकमा पर्ने अर्घान्दाब जिल्लामा आतंककारी दुई समूहले सुरक्षा अधिकारी लक्षित यो विस्फोटक पदार्थ बोकेका थिए । 

 

सोही विस्फोटक पदार्थ बिस्फोटमा परी एघार जना तालिबान आतंककारी मारिएका प्रान्तीय प्रहरी प्रमुख मोहमद मुस्ताफा मयारले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ । 

 

तालिबान र इस्लामिक स्टेट्स (आइएस) आतंककारी समूहले सुरक्षा अधिकारीहरु लक्षित बारम्बार सडक किनारमा रहेको बम र बारुदी सुरुङ्गको हमला गर्दै आएका छन् । 

 

सोमबार भएको यस विस्फोटमा परी सर्वसाधारणलाई भने कुनै क्षति नभएको बताइएको छ । गत आइतबार विस्फोटक पदार्थ विस्फोटमा परी सात बालबालिकासहित ११ सर्बसाधारणको मृत्यु भएको थियो । अफगानिस्तानको पूर्वी प्रान्त नान्घार्हार प्रान्त गुडिरहेको एक सवारी साधन विस्फोटक पदार्थ ठोक्किँदा उक्त दुर्घटना भएको थियो । 
 

दक्षिण आफगानिस्तान विस्फोटक पदार्थ

विशेष