विदेश

तीन वर्षको अवधिमा रेलले किचेर करिब ५० हजारको मृत्यु

तीन वर्षको अवधिमा रेलले किचेर करिब ५० हजारको मृत्यु

नयाँ दिल्ली । भारतमा सन् २०१५ देखि २०१७ सम्मको तीन वर्षको अवधिमा बाटो काट्ने क्रममा रेलले किचेर करिब ५० हजार जनाको मृत्यु भएको छ । 

 

रेलमार्गबाट बाटो काट्ने क्रममा तीन वर्षमै यति ठूलो सङ्ख्यामा नागरिक मृत्यु भएको बताइएको हो । भारतीय रेलसेवाले मंगलबार सो तथ्याङ्क सार्वजनिक गरेको हो । 

 

भारतको पञ्जाबमा हालैमात्र यसरी नै रेलको लिकमा परेर ६१ जनाको ज्यान गएको थियो । सो दुर्घटनापछि भारतीय रेलसेवा कार्यालयले यो जानकारी गराएको हो । रेलमार्गको नजिकैबाट भारतीय हिन्दूहरुको चाड नवरात्रका अवसरमा लागेको मेला हेर्ने क्रममा अकस्मात रेल आएर किच्दा उनीहरुको मृत्यु भएको बताइएको थियो । 

 

यस तीन वर्षमा ४९ हजार ७ सय ९० जनाको ज्यान गएको उक्त कार्यालयले जानकारी दिएको हो । भारतीय रेलसेवा कार्यालयले यस्तो दुर्घटना घटाउन कैयौँ कार्यक्रमहरु सञ्चालन गरिरहेको भएता पनि यसरी मृत्यु हुन नघटेको बताइएको छ । भारत विश्वमै सबैभन्दा ठूलो रेल सञ्जाल भएको देश हो । भारतमा दैनिक लाखौं व्यक्तिले रेलमार्गबाट यात्रा गरिरहेका हुन्छन् । 
 

भारत रेलले किचेर ५० हजारको मृत्यु तीन वर्षको अवधिमा

विशेष