विदेश

मृतक आरोहीप्रति कोरियाका राष्ट्रपतिद्वारा समवेदना

मृतक आरोहीप्रति कोरियाका राष्ट्रपतिद्वारा समवेदना

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति मुन जेइनले गुर्जा हिमाल आरोहणका क्रममा ज्यान गुमाएका कोरियाली एवं नेपाली आरोहीहरूमा हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

 

 

दक्षिणी मोहडाबाट उक्त हिमाल आरोहणका क्रममा गत असोज २७ गते हिमपहिरोमा परी आरोहण टोलीका प्रमुख कोरियाली नागरिक किम छाङ्हो तथा सदस्यहरू इजेहुन, इमइल जीन, युयङ् जिख, छङ जुन्मोसहित चार जना नेपालीको मृत्यु भएको थियो । 

 

 

यहाँस्थित कोरियाली राजदूतावासले मंगलबार जारी गरेको राष्ट्रपति मुनको शोक सन्देशमा दुवै देशका शोकाकूल परिवारजनमा हार्दिक सहनुभूति एवम् ऐक्यबद्धता पनि प्रकट गरिएको छ । 

दक्षिण कोरिया राष्ट्रपति मुन जेइन

विशेष