विदेश

म्यान्मारका उच्च सैनिकमाथि प्रतिबन्ध

म्यान्मारका उच्च सैनिकमाथि प्रतिबन्ध

सिड्नी । अस्ट्रेलियाली सरकारले रोहिंग्या जातीय समूहमाथि बर्बर हिंसा मच्चाएको आरोपमा म्यान्मारका पाँचजना उच्च सैनिक अधिकृतका बिरुद्ध मंगलबार प्रतिबन्धहरु घोषणा गरेको छ । 

 

संयुक्तराज्य अमेरिका र युरोपेली युनियनले झैं अस्ट्रेलियाले पाँचै अधिकृतको सम्पत्ति रोक्का गर्ने घोषणा गरेको हो । अस्ट्रेलियाका विदेशमन्त्री मराइज पेनले  रोहिंग्या मुद्दामा मुख्य रुपमा दोषी ठहर गरिएका अधिकृतहरुमा आङ क्या जा, माउङ माउङ सो, आङ आङ, थान ऊ र खिन माउङ सो रहेको जानकारी दिए । 

 

ती पाँचैजना अधिकृतलाई अस्ट्रेलिया भ्रमण गर्न निषेध लगाइएको छ । यीमध्ये केही अधिकृतले सैनिक सेवाबाट अवकाश पाइसकेको बताइन्छ । 

 

म्यान्मारको दक्षिणपश्चिम रखाइन राज्यबाट सन् २०१६ मा म्यान्मारको सेनाले करिब सात लाख रोहिंग्यालाई देश छाड्न बाध्य बनाएको थियो । यसक्रममा सेनाले धेरैलाई गैरन्यायिक हत्या गर्नुका साथै बलात्कार र गाउँमा आगजनी गरेको थियो । 
 

रोहिंग्या हिंसा मच्चाएको आरोपमा उच्च सैनिक अधिकृत प्रतिबन्ध घोषणा

विशेष