News

एक थान पेस्तोल बरामद

एक थान पेस्तोल बरामद

मुस्ताङ । बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–२ छेङगुरबाट प्रहरीले एक थान पेस्तोल बरामद गरेको छ । सोमबार साँझ गाउँ पसेको चोरको समूहले फालेको कटुवा पेस्तोल बरामद गरिएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

मुक्तिनाथबाट गस्तीमा गएको प्रहरी टोलीले लखेट्ने क्रममा उक्त समूहले साथमा रहेको पेस्तोल फालेर भीरतर्फ भागेको प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताए । जिल्लामा केही दिनयता बढेको आन्तरिक पर्यटकको चापसँगै सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रहरीले जनाएको छ । 

बरामद बारागुङ मुक्ति क्षेत्र गाउँपालिका एक थान पेस्तोल

विशेष